नदीले बगाएर १ बालकको मृत्यु


सुनसरी । सप्तकोसी नदीले बगाएर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ६ का ११ वर्षीय बालक मेदिम राईको रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो पौने १ बजे अन्य ५ जनासँग नदीमा पौडी खेल्न गएका मोदिमलाइृ खोलाले बगाएको थिए । नदीले उलाई करिब ८०० मिटर तल ्बगाउँदै गरेको अवस्थामा स्थानीय माछा मार्ने व्यक्तिहरूले उद्धार गरेको प्रहरीले जनाएको छ ।

त्यतिबेलासम्म मोदिमको मृत्यु भईसकेको थियो ।