रसुवामा विद्युत खपत घट्यो


सरस्वति न्यौपाने । आर्थिक वर्ष २०७५/०७६ मा रसुवामा विद्युत खपत घटेको छ । रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको टनेल खन्ने कार्य सम्पन्न भएकाले नेपाल विद्युत प्राधिकरण धुन्चे शाखाको विद्युत विक्री घटन पुगेको छ ।

धुन्चे वितरण केन्द्रले आर्थिक वर्ष ०७५/०७६ मा १२ लाख २४ हजार ५५ रुपैया राजस्व संकलन गरेको छ । भने एक करोड आठ लाख ९६ हजार विक्रि युनिटबाट रकम उठेको हो ।

जिल्लामा निर्माण भईरहेको जल विद्युत आयोजनामा खपत बढे जिल्लामा खपत बढछ । आयोजनामा घटे खपत कम हुने बताइएको छ ।

जिल्लामा आठ हजार दुइ सय १८ ग्राहक रहेका छन ।