हात्तीलाई थापेको विद्युतीय धरापमा परी १ वृद्धाको मृत्यु


न्युज अफ नेपाल, भद्रपुर । जंगली हात्ती नियन्त्रणका लागि राखिएको विद्युतीय धरापमा परी एक वृद्धाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ स्थित माथिल्लो मागुरमाडीकी ६० वर्षीया गङ्गा थपलिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आफ्नै घरको पछाडि पट्टीको खेतबारीमा जंगली हात्ती नियन्त्रणका लागि राखिएको विद्युतीय धरापमा परी थपलियालाई बिहीबार राति करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । वृद्धाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ ।