१२ किलो गाँजासहित ३ पक्राउ


झापा । झापामा तीन जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर रहका छन् । विशेष सुराकीको आधारमा बिहीबार राति १२ किलो गाँजासहित शिवसताक्षी नगरपालिका ११ बाट उनिहरु पत्रहाउ परेको प्रहरीले जनाएको छ ।

तीनै जनाले पाँचथरबाट गाँजा खरीद गरेर ल्याउने र झापाका विभिन्न स्थानमा बिक्री गर्ने गरेका थिए । दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको प्रहरीले बताएको छ । ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।