नारायणहिटीभित्रका  सबै अभिलेख तयार  



ईश्वरराज ढकाल, काठमाडौं
नारायणहिटी दरबार संग्रहालय विकास समितिले प्रदर्शनीमा राखेका र राख्न बाँकी सामग्रीको सम्पूर्ण विवरणसहितको भण्डारण अभिलेख तयार  गर्ने भएको छ।

संग्रहालयमा खोलिएका ३१ कक्षको सबै एतिहासिक सामग्रीको भण्डारण अभिलेख तयार गर्न लागको हो। संग्रहालयले राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले प्राप्त गरेका उपहार, विभिन्न पदक, विदेशी पाहुनाले दिएका ऐतिहासिक सामग्रीलगायतका विवरण तयार गर्न लागेको संग्रहालय प्रमुख अद्वैतप्रकाश श्रेष्ठले जानकारी दिनुभयो।

‘हामीले यसै वर्षदेखि भण्डारण अभिलेख तयार गर्ने काम शुरू गरेका छौं, चाँडै नै सम्पूर्ण विवरण तयार गरी सार्वजनिक
गर्नेछांै –उहाँले भन्नुभयो। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संग्रहालयको प्रदर्शनीमा राखिएका सामग्री कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा जानकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि संग्रहालयको फोटोग्राफी शाखाले सम्पूर्ण विवरणसहित भण्डारण अभिलेख तयार गर्न लागेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सम्पूर्ण सामग्रीको यथार्थ विवरण तयार गर्न समितिलाई निर्देशन दिएको थियो। सोहीअनुसार भण्डारण अभिलेख तयार गरेको समितिले जनाएको छ। विस.ं २०६८ सम्म १९ वटा मात्र कक्ष सर्वसाधारणका लागि खुला गरिएको भए पनि श्रीपेचसहितको बाँकी कक्ष गत वर्षदेखि खुला गरिएको थियो।

शैलुन कक्षमा राखिएको श्रीपेचलाई सुर्खेत सदनमा कडा सुरक्षा बीच खुला गरिएको थियो। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले श्रीपेचसहितका केही कक्ष खुला गर्नुभएको थियो। हाल अवलोकन गर्न बाँकी कक्षका सामग्रीको सम्पूर्ण विवरण तयार गर्न लागेको हो।

संग्रहालय प्रशासनले, गौरीशंकर, कास्की, तनहुँ, पर्वत, सुर्खेत, वैतडी, रुकुम,रोल्पा, दैलेख, अछाम, बाजुरा, जुम्ला, गोरखा, डोल्पा, गोरखा, म्याग्दीलगायतका कक्षमा रहेका सम्पूर्ण सामग्रीको विवरण तयार गर्न लागेको हो। दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन, राजा वीरेन्द्रको निजी निवासको रूपमा रहेको श्रीसदनको समेत भण्डारण अभिलेख तयार गर्न लागिएको छ।
राजा त्रिभुवनले प्रयोग गरेका सामग्रीलाई संकलन गरी राखिएको कक्ष मुगु, पूर्वराजाको निजी कार्यालयको रूपमा रहेको गुल्मी कक्षको भण्डारण अभिलेख तयार गरिसकेको छ। त्यस्तै फोहरा बगंैचा, फूलबारी, गोलघरलगायत सम्पूर्ण ऐतिहासिक स्थानको भण्डारण अभिलेख तयार गर्न लागिएको संग्रहालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘संग्रहालयको सबै कक्षको सामग्रीको विवरण तयार नभएसम्म भण्डारण अभिलेखको काम जारी राख्नेछौं।’
संग्रहालयले यस वर्ष करिब २० लाख रुपियाँ लागतमा भण्डारण अभिलेख तयार गरिरहेको छ। भण्डारण अभिलेख तयार गर्दा विभिन्न सामग्रीको आकार, तौल, लम्बाइ, चौडाइ बनावटलगायतका विषय अध्ययन गरिरहेको छ।

पुरातŒव विभागका प्रवक्ता एवं वरिष्ठ पुरात अधिकृत रामबहादुर कुँबरले नारायणहिटी संग्रहालयको विषयमा सम्पूर्ण जानकारी दिनेगरी भण्डारण अभिलेख तयार गरिरहेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– संग्रहालयका कस्ता सामग्री कुन अवस्थामा रहेका छन्, प्रदर्शनीमा रहे बाहेकका सामग्रीका संख्या कति छन्, हालसम्म खुला गर्न नसकिएको पुस्तकालय, सिनेमा हल, स्टोर, स्वीमिङ पुललगायतका संरचनाको विषयमा समेत सूक्ष्म अध्ययन गर्ने गरी इन्भेन्ट्री तयार

प्रतिक्रिया दिनुहोस्