विनोद सिंह विष्ट, बैतडी
लगातारको वर्षाले बैतडीको दोगडाकेदार गाउँपालिका–८ ओसैलमा एक घर भत्किएको छ। वर्षात्का कारण स्थानीय शमशेर विष्टको घर भत्किएको वडाध्यक्ष भक्तबहादुर विष्टले जानकारी दिनुभयो। वर्षात्का कारण चर्किन थालेको घर छोडेर तीनचार दिनअघि नै परिवार अन्यत्र सरेकाले मानवीय क्षति भएन। मानवीय क्षति नभए पनि घरभित्रको अन्नपात सबै नष्ट भएको वडाध्यक्ष विष्टले जानकारी दिनुभयो।
यसैबीच दोगडाकेदार गाउँपालिका–८ ओसैलमा ४ घर पहिरोको जोखिममा परेका छन्। ढिकगाड–मानलेक–गोरङ सडकका कारण स्थानीय डम्मर विष्ट, विजय विष्ट, हर्कबहादुर विष्ट र धनबहादुर विष्टको घर जोखिममा परेका हुन्।
यसैबीच बैतडीको पुुर्चौडी नगरपालिका–१ को सीम बस्ती पहिरोको जोखिममा परेको छ। हाट–गणन्ना सडकका कारण बस्ती नै पहिरोको जोेखिममा परेको स्थानीय जरी लुहारले बताउनुभयो।
प्रतिक्रिया