ट्रेलरमा आयो प्रेमकथाको सोच

0
Shares

आगामी भदौ २० गते अल नेपाल रिलिज हुने एक्सन लभस्टोरी फिल्म सोचको ट्रेलर बुधबार सार्वजनिक गरिएको छ।

एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्वन्द्व देखाइएको छ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनिक गरिसकिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेका छन्।

सोच फिल्म्स् प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा गंगा रजक र एसडीले निर्माण गरेको फिल्ममा पुजनकै कथा रहेको छ भने कृष्ण आचार्यको पटकथा र संवाद, डीजे एलएक्सको संगीत, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, एनबी महर्जनको द्वन्द्व, विदुर पाण्डेको छायांकन र प्रितम पाण्डेको सम्पादन छ।

उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म मनोरञ्जक बनेको निर्देशक पुजनले दाबी गरे।