बिरालोले पाठा सारेको जस्तै सर्दै गाउँपालिका केन्द्र


राजेन्द्र गजुरेल, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको केन्द्रलाई विवाद नै विवाद उत्पन्न भएको छ । गाउँपालिकाले सुरुमा जनप्रतिनिधिको बहुमतको आधारमा आफ्नो केन्द्र मोठभन्ञ्याङ जनाउदै आएकोमा पछि विविध कारण देखाउँदै लाकुरिभन्ञ्याङ सारेपछि पुन मोठभन्ञ्याङमा नै केन्द्र बनाउनु पर्ने दबाव गाउँपालिकालाई आएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफु अनुकुल गाउँपालिकाको केन्द्र स्थापना गरेकोले उक्त विषय विवादित बन्दै गएको छ । ‘गाउँपालिकामा भएका यस्ता गतिविधिलाई हेर्दा गाउँपालिकाको केन्द्र बिरालाले न्याउँरा सारे जस्तै भएको काग्रेश नेता तथा पूर्व गाविस अध्यक्ष माधव प्रसाद खनालले बताउनुभयो ।’

स्थानिय तहको सिमाना, केन्द्र र नामाङ्कनको लागी गठन भएको प्राबिधिक सहयोग समितिले कबिलासको मोठभन्ज्याङलाई केन्द्र कायम गर्न सिफारिस गरेपनी निर्वाचनपछी बसेको गाउँसभाको बहुमतले लाकुरिभन्ज्याङ सारेको थियो । आफैँले केन्द्र कायम गरेको लाकुरिभन्ज्याङमा आवश्यक पुर्वाधार बनाउनुपर्ने भएपनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो घर घरपायक पर्नेगरी घलेभन्ज्याङमा गाउँपालिकाको भवन निर्माण गरेपछी जनप्रतिनिधीको काम कारवाही बिबादको घेरामा परेको हो ।

यसैविच नेपाली काङ्ग्रेस पञ्चकन्याका नेता तथा कार्यकर्ताले बिहिबार गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई भेटी केन्द्र परिवर्तनको एकलौटी निर्णय फिर्ता लिन आग्रह गरेका छन । बहुसंख्यक जनतालाई अपायक घलेभन्ज्याङबाट सबैलाई समदुरिमा पर्ने मोठभन्ज्याङमा केन्द्र स्थानान्तरण गर्न अल्टिमेटम समेत दिएका छन ।

सबै गाउँपालिकाबासिलाई पायक पर्ने गरी तोकिएको मोठभन्ज्याङमै गाउँपालिकाको कार्यालय अविलम्व सन्चालन नभएमा चरणबद्ध आन्दोलनमा जान आफुहरु बाध्य हुने खनालले वताउनुभयो । ज्ञापनपत्र बुझाउन नेता खनाल लगायत बैकुण्ठ मिश्र, उपेन्द्र कुईकेल, यमबहादुर थापा, मदन ढकाल, बाशुदेव मिश्र, रामशरण श्रेष्ठ, गणेश सिटौला, कन्चन पाठक अस्थायी कार्यालय घलेभन्ज्याङ पुगेका थिए ।