१ वर्ष बित्नलाग्दा पनि भेटिएनन् पत्रकार तेजु


विमल विष्ट, डोटी । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दा समेत अहिले सम्म उहाँको कुनै जानकारी फेला पर्न सकेको छैन् ।

बिसं २०७५ साल भदौ महिनाको ९ गते बाजुराको बुढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट उहाँ सम्पर्कबिहीन हुनु भएको थियो । बेपत्ता भए देखी उहाँको निकै खोजी कार्य गरिएपनि अहिले सम्म कुनै खबर पत्ता नलाग्दा उहाँका घर परिवार निकै चिन्तित बनेका छन् । समुद्री सतहदेखि करीव १६ हजार फिट उचाइमा रहेको बुढीनन्दामा भाद्र शुक्ल चतुर्दशीको बिहान लाग्ने मेलाको रिपोटिङ्गका लागि पत्रकार खड्का भदौ ६ गते त्यसतर्फ जानु भएको थियो । उहाँ सम्पर्क बिहिन भएको एक वर्ष पुग्नलाग्दा समेत उहाँको कुनै अत्तो पत्तो लागेको छैन् ।

बेपत्ता भएका पत्रकार खड्काको खोजीकालागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरु लगातार खटिरहेका भएपनि अहिलेसम्म कुनै खबर नआएको भन्दै घरपरिवार निकै दुःखिद भएको उहाँका दाजु तथा काग्रेस नेता जितबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो भाई हराएको एक हुनलाग्यो,कहि कसैले केही पत्ता लगाउन सकेनन, हामीलाई निकै दुःखि बनाएको छ ।” बुढीनन्दाबाट फिर्ता भएका खड्का बरमाग्ने भन्ने ठाउँमा केही सामान छुटेकोले लिन जाने भन्दै लोडी बिनायक भन्ने ठाउँबाट फर्केका र अहिले सम्म कहि सम्पर्कमा नभएकाले उहाँका घरपरिवारलाई चिन्ताले पिरोली रहेको उहाँका अर्का दाजु तथा काग्रेस नेता बिजय खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भाईको छोरा,छोरीले बाबा को खबर केही आयो की भनेर सोध्नछन्, आफु संग उत्तर छैन,के भनेर छोरा,छोरीलाई सम्झाउने ।” पत्रकार खड्काको खोजीका लागि नेपाल पत्रार महासंघले बिभिन्न खोजविन टोली बनाएपनि अहिले सम्म कसैले पनि उहाँको अवस्थाका बारेमा खासै आधीकारीक खबर दिन नसक्दा घरमा तवान भएको हो ।

पत्रकार खड्काको खोजीकालागि गठन भएका टोलीहरुले पनि अहिले सम्म खोजविन कार्यको कुनै जानकारी आफुहरुलाई नदिएको उहाँका घरपरिवारको गुनासो रहेको छ । एका एक सम्पर्क बिहिन भएका पत्रकार खड्का अहिले सम्म कहा गए भन्ने निकै जान चासोको विषय रहेको दिपायलका स्थानियवासी दिव्य पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ता भएको वर्ष दिन सम्म या त लास यात सास मिल्नु पर्ने कसैलेपनि केही खबर पत्ता लगाउन नसक्नु के भयो होला ?” बिसं २०५४ सालमा कार्यक्रम प्रस्तोताको रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट आफ्नो केरियर सुरु गर्नुभएका खड्काले रेडियो नेपालमा हुँदा समाचार बाचक, कार्यक्रम उत्पादक र कार्यक्रम प्रस्तोताको रुपमा काम गर्नु भएको थियो ।

उहाँले प्रस्तुत गर्ने कार्यक्रमहरुमा ‘देउडा गीतको सेरोफेरो’ र ‘बसिबियालो’ ज्यादै लोकप्रिय थिए, जसको चर्चा अहिले पनि हुने गरेको छ । क्षेत्रीय प्रसारण केन्द्र हुँदै केही समय उहाँले रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरवारमा समेत काम गर्नु भएको थियो । बेपत्ता हुनु पूर्व उहाँ बाजुराको कोल्टीमा रहेको बुढीनन्दा एफएममा कार्यरत रहनु भएको थियो ।