आईजीपी खनालद्वारा त्रिभुवन विमानस्थल निरीक्षण


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । केही समय अघि मात्र एक्कासी विमानस्थल पुगेका आईजीपी खनालले एक्सरे मेसिनदेखि विमानस्थल भित्रका सम्पूर्ण क्रियाकलापको बारेमा जानकारी लिएका हुन् ।

विमानस्थलबाटै विदेशी तथा स्वदेशी नागरिकहरुले सुन तथा विभिन्न सामानहरुको अवैध तस्करी गरिरहेको समाचार आइरहेका बेला आईजीपी खनालले निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा आईजीपी खनालले विमानस्थलका सम्भावित आपराधिक क्रियाकलाप रोक्नका लागि विमानस्थल प्रहरीलाई निर्देशन समेत दिएका थिए ।

पछिल्लो समय विमानस्थलमा सुनलगायत विभिन्न इलेक्ट्रोनिक्स समानको अवैध तस्करी बढेको, विमानस्थलका कर्मचारीले यात्रुहरुको लगेज लैजाने वा निकाल्ने क्रममा जथाभावी फालेको, विमानस्थल प्रहरी नै तस्करसँग मिलेकोलगायतका आरोप लागिरहेका बेला आईजीपी खनालले त्यस्तै अवैध र आपराधिक क्रियाकलाप रोक्न निर्देशन दिएका हुन् ।