३ दिनदेखि युवक बेपत्ता


न्युज अफ नेपाल, ललितपुर । ललितपुर पाटनढोका बस्ने एक युवक तीनदिनदेखि बेपत्ता भएका छन् । गएको मंगलबार राती करिब साढे ७ बजे कोठाबाट बेपत्ता भएका २३ वर्षिय प्रविण ठाकुर हालसम्म बेपत्ता भएका छन् ।

जनै पुर्निमाको दिन समेत घर नआएपछि उनको वावु रामआधारले छोराको खोजी गरिदिन महानगरीय प्रहरी परिसर ललितपुरमा खोजतालास जाहेरी दरखास्त दिनुभएको छ ।

कार्यालयबाट घर आएपछि केही नबोली झोलामा नागरिकता, अध्ययन प्रमाणपत्र लिएर गायब भएको ठाकुरले जानकारी दिनुभयो । दुई दिनसम्म आउ छ कि भन्ने आसमा थियौ, तीनदिन पुगिसक्दापनि घर नआएपछि प्रहरीमा उजुरी दिएको ठाकुरले बताउनुभयो । एकमात्र छोरा अचानक गायब भएपछिवावु ठाकुरले आफ्न्त छिमेकी र विभिन्न निकायमा खोजिदिन आग्रह गर्दै हिड्नुभएको छ । नेपाल बहुउदेश्यीय केन्द्रीय सहकारी संघ न्युरोड शाखामा कार्यरत ठाकुर बेपत्ता भएपछि उनलाई खोजीदिन विभिन्न निकायमा आग्रह गरिएको छ ।

२३ वर्षिय प्रविण चप्पल , निलो पाइन्ट र टिसर्ट लगाएर घर छाडेका थिए । उनको मोबाइल अफ रहेको परिवारले जानकारी दिएको छ । बाराको कलैया स्थायी घर भएका प्रविणले लगनखेलको मोलिस कलेजबाट व्यवस्थापन संकायमा स्नातक उतिर्ण गरेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएस्पी नारायण चिमोरियाले सो घटनाको विषयमा छानविन भैरहेको जानकारी दिनुभयो । भन्नुभयो–निज ठाकुरका वुवा रामआषिस ठाकुरले दरखास्त दिनुभएको छ , हामीले खोजतालास गर्ने काम गरिरहेका छौ ।