गोसाइकुण्ड गएका १ युवकको लेक लागेर मृत्यु


सरस्वती न्यौपाने, रसुवा । गोसाइकुण्डमा नुहाउन गएका एक तिर्थयात्रुको बुधबार साझ लेक लागेर मृत्युु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भएका हाल मुलपानि काठमाडौं बस्ने २३ वर्षीय दिपक ढकाल को मृत्युु भएको हो ।

समुन्द्री सतह बाट १४ हजार ६ सय ८० मिटरको उचाईमा अवस्थिति गोसाईकुन्डमा नुहाउने क्रममा उनको लेक लागेर मृत्युु भएको हो ।

मृतकको शव धुन्चे ल्याइ काठमाडौँ पठाइने जनाइएको छ ।