रिसइबी साँध्न गाडीले ठक्कर दिई १ को हत्या  


यमलाल भुसाल, बुटवल । गाडीले ठक्कर दिँदा रुपन्देहीमा एक जनाको हत्या भएको छ ।रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नंं.९ बस्ने बर्ष २५ को बसन्त पुनलाई वडा नं.७ बस्ने बर्ष २४ को अबिसेक गुरुङले पिकअप भ्यानले हिकाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

तिलोत्तमा नगरपालिका .६ पुर्ब पौहनीमा बसन्त पुन सहित बर्ष २७ को सबिन थापा बर्ष २५ को संदिप थापा र बर्ष २५ को सोनु श्रीष प्लटिङ गरेको खाली जग्गामा बसी मदिरा खादै गरेको अवस्थामा अबिसेक गुरुङ लु १ च ३२४६ नं.को पिकअप भ्यान चलाएर आई उनीहरुलाई हिकाएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अबिसेक गुरुङले सबैजनालाई ठक्कर दिन खोज्दा पीडितहरु गाडीको दायाबाँया भागेको, बसन्त पुनलाई ठक्कर दिई घाइते भएकोले तत्काल उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा उपचार गर्दा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

पुर्व रिसइबीको कारणले गाडिले ठक्कर दिई मारेकोे हुदा अबिसेक गुरुङललाई पक्राउ गरि थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।