पक्राउ पर्ने डरले मृत्यु भइसकेका व्यक्तिको नामको सिम प्रयोगमा


तुलसीपुर । विप्लव समुहका कार्यकर्ताले मृत्यु भएका मान्छेको नागरिकता प्रयोग गरेर सिम निकाल्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सो समूहका कार्यकर्ताले आफनो नामको सिम प्रयोग गर्न छोडेर मृत्यु भएका मान्छेको नाममा सिम झिकेर प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

‘जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ‘पक्राउ पर्ने डरले मृत्यु भइसकेका व्यक्तिको नाममा नयाँ सिम झिकेर प्रयोग गरिरहेको हुनसक्ने अनुमान छ । ‘सरकारले विप्लव समूहलाई प्रतिवन्धित गरेपछि सो समूहका सबै कार्यकर्ताको फोन अहिले अफ अफ छन् ।