सर्पको टोकाईबाट रुपन्देहीमा १ को मृत्यु


बुटवल । रुपन्देहीको सैनामैनामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।

सैनामैना-१० मा वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको हो ।

सोमबार विहान घरको छेउँमा दाँत माँझ्दै हिँडेकी मगरलाई एक्कासी खुट्टाको औँलामा विषालु सर्पले डसेको हो ।

सर्पको डसाइबाट गम्भीर घाइते भएकी उनी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुग्दा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

अधिक गर्मी बढेसंगै सैनामैना मात्रै नभइ तराई मधेसका अन्य ठाउँमा पनि विषालु सर्पको बिगविबगी बढेको छ।