चिर्पट प्रहार गर्ने ४ अभियुक्त पक्राउ


पर्वत । पर्वतका एक युवालाई चिर्पट प्रहार गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति जलजला गाउँपालिका४ लामाखेतका १७ वर्षीय पावल बिकलाई चिर्पट प्रहार गरी फरार रहेका चाँरजना अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ लामाखेतका ३९ वर्षीय कबिन गर्वुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राजु पुन र २४ वर्षीय अमित फगामी रहेका छन् । उनीहरुलाई प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकेर बसेको अवस्थामा सोमबार राति पक्राउ गरेको हो ।

घाइते पावल गण्डकी मेडिकल कलेज पोखरामा उपचार पश्चात घर फर्केका छन् । यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।