शुरुमा अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा


काठमाडौं । शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले अन्तत: सन्दीपलाई भिसा दिएको छ । भिसा दिनअस्वीकार गरे लगत्तै सन्दीपले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

त्यसको केही समय पछि अन्तर्वार्ताका लागि भन्दै दुतावासले सन्दीपलाई बोलाएको थियो । अन्तर्वार्ता लगाएत अन्य प्रक्रिया पूरा भएसँगै दुतावासले उनलाई भिसा दिएको छ ।

उनी क्यारेबियन प्रिमियर लिग सिपिएल २०१९ खेल्नका लागि अमेरिका हुँदै वेस्ट ईन्डिज जानका लागि भिसा अप्लाई गरेका हुन् ।