उकालोे लाग्ने क्रममा सुनको भाउ, तोलाको ७१ हजार


काठमाडौं । सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । उकालोे लाग्ने क्रमलाई निरन्तरता दिँदै मंगलबार सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । एकै दिनमा सुनको भाउ एक हजार रुपैँयाले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ७१ हजार निर्धारण गरेको छ । तेजावी सुन भने ७० हजार ७ सयमा कारोबार भइरहेको छ। निरन्तर बढेको सुनको भाउले व्यापार घटेको व्यवसायीहरुले बताएका छन् । अघिपछि मान्छेको भिड हुने सुन पसल अहिले सुनसान बनेका छन् ।

विषेश गरी चाँडपर्वका बेलामा अत्याधिक विक्रि हुने सुनको भाउ बढेको कारण व्यापारीहरु चिन्तामा परेका छन् । तीज नजिकिदैँ गर्दा पनि सुन पसलमा ग्राहकको भीड छैन ।