लागुऔषधसहित २ युवक पक्राउ


उदयपुर । उदयपुरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका २ का २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतो रहेका छन् । विशेष सूचनाका आधारमा उनीहरुलाई त्रियुगा नगरपालिका ६ लालपत्ताबाट स.७.प. ८८०९ नम्बरको मोटरसाइकलमा आउँदै गरको अवस्थामा सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाइजोल्याप १ सय एम्पुल र नगद ७ हजार २ सय ३० रुपैयाँ फेला पारेको छ ।

पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।