एमबिएसको प्रश्नपत्र आउट गर्ने ५ युवक पक्राउ


जनकपुर । धनुषामा एमबिएसको प्रश्नपत्र आउट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २० वर्षीय सोनु कुमार साह, ३१ वर्षीय लिलाराम शिवरती, २२ वर्षीय लालबाबु मण्डल, २४ वर्षीय सुजित मण्डल र सर्लाहीको अभिनास महतो रहेको प्रहरीले जनाएको छ ।

एमबिएस पहिलो सेमेस्टरको प्रश्नपत्र परीक्षाबाट सामाजिक सञ्जाल मार्फत आउट गरी फोटोकपी गराएर बाँडिएको थियो ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम सेमेस्टर अन्तर्गत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको प्रहरीले जनाएको छ।