गोसाइकुण्ड पदमार्गमा ३ वटा स्वास्थ्य शिविर सन्चालन


सरस्वती न्यौपाने, रसुवा । गोसाइकुण्ड मेला भर्न आउने तिर्थयात्रुको लागि शनिवारबाट गोसाइकुण्ड पदमार्गमा ३ वटा स्वास्थ्य शिविर सन्चालन गरिएको छ।

गोसाइकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सन्जिव डिएमका अनुृसार । गोसाइकुण्डमा हिमालयन उद्वार सघ,चोलाङपाटिमा नेपाली सेना कालिजगगण,चन्दनवारिमा पाटन अस्पताल मातहतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिर्सज युनिट नेपालले स्वास्थ्य शिविर सन्चालन गरेको छ।

प्नहरि प्नवक्ता एवम प्नहरि निरिक्षक ओम प्नकास वाग्लेका अनुसार यात्रुहरूको सुरक्षाका लागि थप जानकारि का लागि नजिकै को प्नहरि विट वा जिल्ला प्नहरि कार्यालयको टेलिफोन नम्बर ०१०(५४०१९९ र टोल फ्रि नम्बर १००,प्नहरि प्नवक्ताको नम्बर ९८५१२५४९६०, र ट्राफिक प्नहरिको नम्बर ९८५१२८२६६८ मा सम्पर्क राख्न अनुरोध गरिएको छ। दुई दशक देखि पवित्र तिर्थको वढि लेक लाग्ने स्थानमा नै शिविर को माध्यम वाट अक्सिजन सहितको उपचर सहितको सेवा दिदै आएको हिमालयन उद्वार सघले यश वर्ष ६ जना चिकित्सक सहितको टोलि परिचालन गरेको छ।

लेक लाग्ने समस्या आएमा नेपाली सेना लगाएतका सुरक्षाकर्मी द्वारा तुरुन्तै होचोभुभागमा पुन्याउने व्यवस्था मिलाएको छ। समुन्द्री सतहदेखि र ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाइकुण्ड मेला मा स्नान गरि पुजाअर्चना गर्नाले पुण्य मिल्ने जनविश्वास रहेको छ।यात्रुहरूको सुविधाको लागि धुन्चे लगाएत तिवारि वगर देखि गोसाइकुण्ड सम्म ८५ अस्थाई (थर्पु) र स्थायि रूपका पक्कि १७ होटल सन्चालानमा रहेका छन ।