नेपाल-पेरु उद्योग वाणिज्य संघको अध्यक्षमा सन्दीप खेतान


काठमाडौँ । नेपाल- पेरु उद्योग वाणिज्य संघको सातौँ साधारण सभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा राकेश कुमार सराबगी, सचिवमा कुमार खतिवडा, कोषाध्यक्ष अनिल अग्रवाल, सदस्यहरुमा निर्मल राज पौडेल, ललित अग्रवाल र कुञजु बिहारी मोर रहेका छन् ।

नेपालका लागि पेरुका अवैतनिक महावाणिज्यदुत सुमित कुमार अग्रवालले दूई देश बिचको आर्थीक एंवम् कुटनीतिक सम्बन्धलाई अझै मजबुत बनाउन संघको स्थापना भएको बताउनुभयो । संघको स्थापना पछि दुई देश बिचको सम्बन्धका साथसाथै व्यापार पनि फस्टाएको उहाँले बतउनुभयो ।

पेरुबाट नेपालमा जिङ्क र आल्मुनियम आयात हुने गरेको बताउदै अग्रवालले उद्योग वाणिज्य संघ पेरुका पदाधिकारीहरुसँग छलफल गरेर नेपाली सामाग्रीको प्रर्वद्धनलाई प्रार्थमिकता दिने बताउनुभयो ।

लगानी प्रवद्र्धनका लागी संघको प्रतिनिधी मण्डल छिटै पेरुको अध्ययन र अवलोकन भ्रमणमा निस्कने जनाईएको छ ।