मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


अनिल खत्री, गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षिय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताउनु भयो ।

शान्तिपुरबाट हरेवा तर्फ जाँँदै गरेको लु १९ प ८२७३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका सार्कीलाई उपचारको लागि शान्तिपुर उपस्वस्थ्य चौकी ल्याउने क्रममा मृत्यु भएको थियो ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् । उनको पाल्पामा सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदैछ ।