वीरगञ्जबाट २ नक्कली परीक्षार्थी पक्राउ


काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्वर १५ स्थित नेसनल मेडिकल कलेज वीरगन्जमा सिटिइभिटीको प्रवीणता प्रमाणपत्र तह नर्सिङको परीक्षामा अरुको परीक्षा दिदै गरेका दूई जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेके छ । पक्राउ पर्नेमा रौतहट अमुनिया गाउँपालिकाका २२ वर्षीय जोजनारायण यादव र कैसल यादव रहेका छन् ।

जोजनारायण यादवले रौतहट गढीमाई गाउँपालिका ६ धरमपुरका २२ वर्षीय छोटेलाल यादवको नाममा परीक्षा दिइरहेको र कौसलप्रसाद यादवले रौतहट जिल्लाका रमाकान्त साहको नाममा परीक्षा दिदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरलिे जनाएको छ ।