चोरी हुँदै जलविद्युत आयोजनाका उपकरण, बेखबर विद्युत कार्यालय  


विमल विष्ट, डोटी । उचित संरक्षण तथा सम्र्बधन नगरिदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समुहगाढमा रहेको समुहगाढ जलबिद्युत आयोजनामा महत्वपुर्ण समाग्रीहरु धमाधम चोरी हुन थालेका छन् ।

बिसं २०३८ सालमा दिपायलको कुलपाते नजिक समुहगाढ खोलामा निर्माण गरिएको २०० किलो वाट क्षमताको निर्माण गरिएको बिद्युत पावर हाउसमा गएको बिसं २०६६ साल भदौ महिनामा आएको बाढीपहिरोले क्षेती पु¥याएपछि अहिले सो पावर हाउस बेवारीसे अबस्थामा रहेको छ । पावरहाउस बेवारीसे भएपछि अहिले त्यहाँ रहेका बिद्युतका महत्वपुर्ण समाग्रीहरु चोरी हुने गरेको स्थानियबासी डबलबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले सामान्य क्षती पु¥याएके पावर हाउस मर्मत नगर्दा बेवारिसे बनाईयो,अहिले सामान चोरी हुँदै छ कसैले वास्ता गरेको छैन् ।”

बाढी पहिरोले पावर हाउसको पेनस्कटक पाईप तथा पावर हाउसमा केही क्षती पु¥याएपछि अहिले सम्म सो पावर हाउसको मर्मत कार्य नगरिदा र पावर हाउसमा पनि कर्मचारी नबस्दा सरसामानहरु दिनहुँ चोरीन थालेको पावर हाउस संगै जोडिएको शिखर नगरपालिका वडान. १ खाती गाउँका स्थानियबासी खडक खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “पावर हाउसमा कोही पनि बस्दैनन् राम्रा र महंगा सरसामानहरु कवाड हुदै छन् भने कयौ सामान चोरी हुन थालेका छन्, कस्ले गर्ने चोरी नियन्त्रण ।”

डोटी सानाजलबिद्युत कार्यालय दिपायलका प्रमुख बुद्धिनाथ झाँले बाढीपहिरोले क्षती पु¥याएको सो पावरहाउस मर्मत गरेर बिद्युत सुचारु गर्नका लागि केन्द्र बाट टोलि समेत आएको र खर्चबढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिद्युत मर्मत खर्चनै बढी आउने जस्तो देखिएकाले मर्मतको कार्य सुरु नगरेको जानकारी मात्रै पाएको छु,के गर्न सकिन्छ केन्द्र संग लेखा पढि गरेका छौ,केही खबर आएको छैन् ।”

उक्त पावरहाउस पुःन निर्माण गरी बिद्युत सुचारु नगरिदा डोटीमा अहिले दिनहुँ जसो लोडसेडिङ हुन थालेको छ । दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलबिद्युत निर्माण भएपछि सुदूरपश्चिम लोडसेडिङ मुक्त घोषणा गरिएपनि आन्तरिक रुपमा बिद्युतमा आउने खराबीका कारण यहाँ दैनिक रुपमा लोडसेडिङ हुन थालेको बिद्युत कर्मचारीहरु बताउछन् । उक्त बिद्युत पावर हाउसमा खटिएका कर्मचारी तथा चौकीदारहरु पनि बाढीपहिरोले पावर हाउसमा क्षती पु¥याएपछि दिपायल पिपल्ला स्थित बिद्युत सबस्टेसनमा सारिएकाले अहिले बाढीपहिरोले क्षती पु¥याएको बिद्युत पावरहाउस सुनसान भएको डोटी सानाजलबिद्युत केन्द्रका कर्मचारी भरतबहादुर द्धारियाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाढीपहिरोले पावरहाउसमा बस्ने अवस्था रहेन कर्मचारीहरु सब स्टेसनमा सारेका हौ, बिद्युत समाग्रि चोरीदैछन् भन्ने थाहा पाएपछि दिउसो एकजना सुरक्षाका लागि कर्मचारी खटाएका छौ ।” उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरहरुले चोरेरले बिक्रि गरिसकेको बताईएको छ । कस्ले चोर्दै छ त ति उपकरण भन्ने बारेमा न बिद्युत कार्यालय लाई जानकारी छ न त नजिकैको सुरक्षाकर्मीलाई । धमाधम बिद्युतमा सामाग्रि चोरी हुँदा समेत स्थानिय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानियबासीको छ । डोटी साना जलबिद्युत केन्द्र दिपायलका प्रमुख बुद्धिनाथ झँले बिद्युत उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरुपमा अनुसन्धान तथा जानकारी लिने कार्य भईरहेको बताउनुभयो ।

उहाँ भन्नुभयो, “बिद्युतका सामाग्रि चोर्नेका बारेमा जानकारी लिदैछौ,पत्ता लाग्ने बित्तिकै कानुनी प्रसेसमा लाग्ने छौ ।” लामो समय देखी बन्द रहेको उक्त पावर हाउसको मर्मत कार्य गरी चाडो बत्ति बालिदिन यहाँका स्थानियले बिद्युत कार्यालय संग माग समेत गरेका छन् ।