नेपाल समाचारपत्र ग्राहक बन्न आह्वान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
बुद्धिजीवीहरुको संस्थाका रुपमा परिचित कीर्तिपुर मैत्री समाजको शनिबार सम्पन्न साधारणसभामा नेपाल समाचारपत्र वार्षिक ग्राहक बन्न त्यसका अध्यक्ष डा. नेत्रप्रसाद पौडेलले सम्पूर्ण सदस्यलाई औपचारिक रुपमै आह्वान गर्नुभयो ।

‘नेपाल समाचारपत्रले राजधानीभित्रका समाचारलाई पृष्ठ छुट्याई प्राथमिकता दिँदै आएको कुरालाई मनन गर्दै म सबै सदस्य महानुभावमा यसको वार्षिक ग्राहक बन्न अपिल गर्दछु’ –डा. पौडेलले सभालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।
कीर्तिपुर मैत्री समाज मुलुकका विभिन्न क्षेत्रबाट कीर्तिपुरमा आई बसोबास गर्नेहरुको सामाजिक संस्था हो ।

गुठी अवधारणामा सञ्चालित यस संस्थाले समाजका सदस्यहरुको सुरक्षा र संरक्षणमा सहयोग पु¥याउँछ । समाजले स्थानीय नागरिकको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

साधारणसभामा सचिव गणेश खनाल र कोषाध्यक्ष टंक ढुंगानाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन छलफलपछि पारित गरियो ।