नेपाल समाचरपत्रकर्मी पुरस्कृत

0
Shares

गुल्मी, (नेस) ।
नेपाल समाचारपत्रका गुल्मी संवाददाता अनिल खत्री पुरस्कृत हुनुभएको छ । शनिवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको छैटौं जिल्ला अधिबेशनको अबसरमा सदरमुकाम तम्घासमा राखेको कार्यक्रमा उहाँलाई पुरस्कृत गरेको हो ।

गुल्मीमा रहेर एक दशक वढि समय यता पत्रकारिता गर्दै आएका खत्रीलाई जिल्लाको सांगीतिक क्षेत्रमा कलम चलाएको भन्दै ‘लोक पत्रकारिता’ पुरस्कारले पुरस्कृत गरेको हो । पुरस्कृत भएका खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्मा प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले नगद र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।