प्रेममा धोका पाएपछि युवतीले काटिन् आफ्नै प्रेमीको जिब्रो



प्रेममा धोका पाएका मानिसहरुले विभिन्न क्रियाकलाप गर्ने, मानसिक स्थिति गुमाउने जस्ता घटना हामीले सुन्दै आएका छौ । तर स्पेनको बार्सिलोनामा घटेको एक घटनाले भने सबैलाई अच्चमित बनाएको छ ।

बार्सिलोनाकी आडिया लोपेज इस्टिवे नाम गरेकी युवतीले प्रेममा धोका पाएपछि आफ्नो प्रेमीको जिब्रो नै काटिदिएकी छिन् । अन्तिम चुम्बन गर्ने बहानामा उनले आफ्ना प्रेमीको  जिब्रो काटिदिएको घटना बाहिर आएको छ । सन् २०१६ मा सुरु भएको उनिहरुको प्रेम सम्बन्ध केवल दुई महिना मात्र चल्यो ।

त्यसको केही समयसम्म एक अर्काेबाट अलग बसेका सो जोडिले फेरि प्रेमसम्बन्ध गाँस्ने निधो गर्यो । तर सम्बन्ध चलेको चाँर महिना नहुदै प्रेमीले फेरी छुट्टिने निधो गरे । दोस्रोपटक सुरु भएको प्रेमसम्बन्धलाई पुन प्रेमीले नै टुङ्ग्याउन चाहेको देख्दा इस्टिवे निकै दुखी भईन् । यस कुरालाई लिएर दुबैजनाबिच दिनहु झँगडा हुन थाल्यो ।

एकदिन झगडाकै बीचमा प्रेमिका इस्टिवे आफ्नो अपार्टमेन्टबाट बाहिर निस्किएर रक्सी पिएको मातमा हल्ला गर्न थालिन् । केही बेर हल्ला गरेपछि उनी अपार्टमेन्टमा छिरिन् र प्रेमीसँग माफी माग्दै अन्तिम पटक चुम्बन गरेर छुट्टिने इच्छा व्यक्त गरिन् । उनको कुरालाई स्वीकारर्दै दुबै जना एक अर्काेको अङ्गालोमा बाधिँएर चुम्बन गर्न थाले ।

चुम्बनमा लिप्त प्रेमीले प्रेमीकाको हातमा लुकाईराखेको चक्कु देखेनन् । इस्टिवे आफुनो मुखमा रहेको प्रमीको जिब्रो केही सकेन्डमै काटिदिइन् । काटिएको जिब्रोको टुक्रा लिएर इस्टिवे बाहिर भागिन् । जिब्रो काटिएका प्रेमी पीडाले चिच्याउन थाले । ठूलो स्वरमा होहल्ला सुनेपछि वरिपरि रहेका छिमेकीहरु त्यहाँ जम्मा भए र घाइते युवकलाई अस्पताल लिएर गए ।

केही समयपपिछ प्रमीको काटिएको जिब्रो सहित इस्टिवेलाई प्रहरीले पक्राउ गर्यो । प्रेमीको जिब्रो काटेकी इस्टिवे अहिले जेल सजाय काटिरहेकी छन् ।

ऐजेन्सी

प्रतिक्रिया दिनुहोस्