नियन्त्रित लागूऔषधसहित १ पक्राउ


काठमाडौं । नियन्त्रित लागूऔषधसहित बल्खुबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १४ बल्खुबाट भारत वैशाली रजासन ४ ठेगाना भएका २५ वर्षीय राहुल कुमारलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ७० एम्पुल, बुप्रेनोर्फिन १ सय ७१ एम्पुल र फेनारगन १ सय ६७ एम्पुलसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।