खोलाले बगाउँदा १ बालिकाको मृत्यु


धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । आठविसकोट नगरपालिका वडा नम्बर १३ भल्मासोताकी ८ वर्षिया बालिका माया थापाको बुधबार बिहान साढे ७ बजे तिर घेत्मा खोलाले बगाएर मृत्यु भएको हो ।

भल्माका तिलक थापाकी छोरी माया विहान खोलामा बगेपछी परिवार र स्थानियले खोजी गर्दा बगेको ठाउँ भन्दा करिव १ सय मिटर तल मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नु भएका इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी हवल्दार राम बहादुर नेपालीले बताउनुभयो ।