बाल विवाह रोक्नका लागि बालकचहरी संचालन


बीर बहादुर बम ,मुगु । पछिल्लो समयमा मुगुको सोरु गाउँपालिका को बस्ति स्तरमा बाल बिबाह गर्नेको संख्या बढेको गाउापालिकाको प्रतिबेदनको अध्यननबाट पुष्टि गर्दै कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगु नामक गैर सरकारी संस्थाले सोरु गाउँपालिकामा बाल बिबाह रोक्ने जुक्तिको रुपमा बालकचहरी संचालन गरेको छ ।

मंगलबार सोरु गाउँपालिकाको सभा हलमा सोरु गाउँपालिकाका बाल क्लव र युवा क्लवका पदाधिकारी गाउँपालिका स्तर र वडा स्तरका जन प्रतिनिधि ,सुरक्षा प्रमुख,नागरिक समाज ,पत्रकार लगाएतका जिम्मेवार निकायलाई राखी बाल बिबाह सचेतिकरण अन्तगत रुपमा गुड नेवर्स इन्टनेस्नल नेपालले प्रायोजक रही बाल कचहरी संचालन गरिएको थियो । सोरु गाउापालिकाकमा बालबिबाहको अबस्था स्पष्ट पार्दै सरकारवालापक्षहरु लाई जिम्मेवार बनाएर बालबिबाहलाई न्यूनीकरण गर्न प्रतिबद्धता ब्यक्त गर्न समेत लगाईएकोथियो ।

पछिल्लो समय बालबिबाह घट्दै जानुमा कक्षा दशमा अध्ययनरत विद्यालर्थीहरुले बालबिबाहगर्दै जाने क्रम बढ्न थालेकोले सोरु गाउँपालिकाको बर्तमान अबस्थाको बेही चित्रण गर्ने प्रयास गरिएको छ सोरु गाउँपालिकाले आबश्यक नीति बनाउने जसले बाल बिबाह बिरुद्धमा थप बल दिने सोरु गाउँ पालिकाका अध्यक्ष लोगबहादुर शाहीले बताउँनु भयो । नेपालको कानुनमा तोकिएको २० बर्ष भन्दामुनीका उमेर समुहका बिच हुने गैर कानुनी बिबाहलाई बालबिबाह भनिन्छ नेपालबाट सन २०३० सम्म बालबिबाह अन्त्य गर्ने लक्ष्य अनुसार मुगुमा पनि कर्णाली ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र नामक गैर सरकारी संस्थाले काम गरेको कुरा संस्थाका जिल्ला संयोजक टेकबहादुर शाहीले बताए ।

सोरु गाउँपालिकामा ११ बर्षदेखि २० बर्ष उमेर समूहका बालबालिकाको संख्या ४०२५ रहेको ती बालबालिका मध्य २४ प्रतिशत बालबालिकाले बालबिबाह गर्ने गरेको सो रोक्नकोलागि निमार्ण गरिएको कार्यपत्र नेपाल पत्रकार महासघं शाखा मुगुका प्रतिनिधी बीरबहादुर बमले कार्यक्रम माझ कार्यपत्र प्रस्तुत गर्नु भयो ।

बिगत बर्षदेखि सामाजिक समस्याको रुपमा देखिएको बालबिबाहलाई कम गर्न गुड नेवर्स इन्टरनेसनले स्थानिय निकायको साधmेदारीमा कार्यक्रम अगाडि बढाउन लागेको जसले बढदो बालबिबाहलाई कम गर्न टेवा पुग्ने कुरा गुड नेवर्स ईन्टर नेसनलका जिल्ला संयोजक खेम राज लामिछाने कार्यक्रमको स्वागत मन्तब्यमा बताउँनु भयो ।

गाउँपालिकाका ६० जना भन्दा बढि सहभागी रहेको बाल कचहरी कार्यक्रममा गाउँपालिकामा मदिरा सेवन ,घरेलु हिसा ,बाल हिसा,गरिबि ,बालश्रम ,लगाएतका समस्याले पनि बाल बिबाहलाई प्रसय दिएको कुरा त्यस्ता समस्यालई समेत क मगर्दै जानु पर्ने कार्यक्रमका सहभागी बालबालिकाले बताएका थिए । बाल बिबाह सामाजिक कलकको रुपमा रहि समाजमा बिभिन्न खाले घटना समेत घटने भएकोले आजका दिनबाट बाल बिबाह हुन नदिनकोलागि आ आफनो क्षेत्रबाट सहयोग गर्ने पनि हस्तक्षर कार्य मार्फत बाल कचहरीमा सहभागी सबैले प्रतिबद्धता समेत जनाएका थिए ।