ल्याब टेक्निसियन कर्माचार्यको संगीतमा पहिलो पाइला

0
Shares

भक्तपुर कमलविनायकका राजु कर्माचार्य पेसाले पाटन अस्तपतालका वरिष्ठ ल्याब टेक्निसियन हुन्। केही समययता आएर भने कर्माचार्यको परिचय फेरिएको छ।

उनले आफ्नै शब्द, संगीत र स्वरमा नेपाल भाषाको गीति अडियो एल्बम न्हापांगु पलाः (पहिलो पाइला) सार्वजनिक गरेको छ। एल्बमको नाउ“ न्हापांगु पलाः राखिए पनि गीत–संगीतको क्षेत्रमा उनको यो पहिलो पाइला भने होइन।

२० वर्षअघि आफ्नै शब्द, संगीत र स्वरले सुसज्जित गीत रेकर्ड गराइसकेका उनले ल्याब टेक्निसियनबाट बचेखुचेको समय सांगीतिक क्षेत्रमा खर्च गर्दै आएका छन् भने यो नै उनको पहिलो एल्बम बन्न पुगेको छ। एल्बममा भक्तपुरको ठेट नेपालभाषाको धेप मै बोलेको गीत संगृहित छ। संगीतकार जुगल डंगोलको संगीत संयोजन यो गीतले भक्तपुरको नेवाः समाजको परिवेशको छुट्टै मिठास र मनोरञ्जन पस्किएको छ। अन्य गीत भने आधुनिक परिवेश र मायापिरतीस“ग सम्बन्धित रहेको छ। एल्बममा ७ गीत रहेका छन्।

हालै राजधानीमा आयोजित एक समारोहबीच गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान, संगीतकारद्वय जुगल डंगो र राजु सिंह तथा गायकका पिता चक्रवीर कर्माचार्यले एल्बम सार्वजनिक गरे। सो अवसरमा वक्ताहरूले नेपाल भाषाको गीत–संगीतको व्यवसायीकरण गर्नुपर्ने खा“चो औंल्याए। वरिष्ठ गायक प्रेमध्वज प्रधानले आफ्नो पालामा गीत रेकर्ड गराउन ३ दिन लगाएर कलकत्ता पुग्नुपर्ने अवस्थाको स्मरण गर्दै भने– ‘अहिले प्रतिभा देखाउने थुप्रै अवसर छन्।

यस अवसरलाई सदुपयोग गर्दै नेपाल भाषाको गीत–संगीतको क्षेत्रलाई समृद्ध बनाउ“दै जानुपर्दछ।’ संंगीतकार डंगोलले एउटा पेसाबाट कमाएको पैसा रुचिले गर्दा गीत, संगीतमा लगानी गर्नुपर्ने अवस्था रहेको अन्त्य हुनुपर्ने चर्चा गरे। संगीतकार राजु सिंहले ल्याब टेक्निसिनको प्रतिभा प्रस्फुटन भएकोमा खुसी व्यक्त गरे।