आफ्नै नामको बिरुवाबाट बाआमालाई कोसेली

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।
जहिल्यै उस्तै आउने आफ्ना केटाकेटी प्रत्येकले हातमा आँप बोकेर आएपछि अभिभावक हेरेकोहे¥यै भए । कतै चोरेर त ल्याएका होइनन् भनेर खोजीनीति गरे । विचरा केटाकेटीहरु केहीबेर आत्तिए ।

अभिभावकलाई उनीहरुले सम्झाए–हामीलाई सरहरुले कोसेलीका रुपमा घर ल्याउन दिनुभएको हो । चोरेका होइनौं । यी आँप स्कुलकै बगैंचामा फलेका हुन् । बालबालिकाले आँपका बोटमा फूल फुल्न थालेदेखि नै स्याहार गरेर फलाएको दाना पाकेपछि विद्यालयमा खानेमात्र नभएर अभिभावकलाई समेत कोसेली पु¥याएका थिए ।

हेटौंडाको आर्थिकरुपमा विपन्न एक सामुदायिक विद्यालयले आफूले केही वर्षदेखि गर्दै आएको ‘मेहनतको फल’ फलका रुपमा अभिभावकको हातमा पु¥याएको हो । आआफ्नो आर्थिक हैसियतअनुसार खाजाको जोहो गर्ने अभिभावकलाई उक्त विद्यालयका विद्यार्थीले विद्यालयबाट आँप ‘कोसेली’ पु¥याएका छन् ।

५ कक्षासम्म पढाइ हुने हेटौंडा–९, बेतखोल्सीस्थित दिव्यज्योति आधारभुत विद्यालयका विद्यार्थीले विद्यालयपरिसरमा लगाएको आँपका बिरुवाले फल दिन लागेको छ । विद्यालयपरिसरमा ३० बोट आँप, ३ बोट लिच्ची, १३ बोट अम्बा, १२ बोट कटहर र २ बोट कागती छन् । विद्यालयपरिसरमा २ सय ५० वटा विभिन्न प्रजातिका फलफुलका बिरुवा रोपिएको थियो । ती सबै हुर्किएनन् ।

विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम आचार्यले बालबालिकालाई विद्यालयमा व्यवहारिक ज्ञान दिने क्रममा विद्यालयपरिसर सुन्दर बनाएर मेहनत गर्न सिकाउने क्रममा हरेक वर्ष आँप, लिच्ची, अम्बा, कटहर, कागतीलगायत फलफुलका बिरुवा लगाएर हुर्काइएको जानकारी दिनुभयो ।

फलफुलको बोटमा विद्यार्थीको नाम नै राखेर उनीहरुलाई हेरचाह गर्ने र फल फलाउने जिम्मा दिइएको उहाँको भनाइ छ । ‘हामीले विद्यालयमा फलेको आँप विद्यार्थीलाई बाँड्यौं, अभिभावक, विद्यालय व्यवस्थापन समिति, उपसमिति, शिक्षक, अभिभावक मिलेर खायौं’, प्रधानाध्यापक आचार्यले भन्नुभयो– हरेक फलफुलको बोट निश्चित विद्यार्थीको नाममा राखिएको छ । ती विद्यार्थीले हेरचाह गर्ने, गोडमेल गर्ने र मलजल गर्ने गर्छन् । विद्यालयपरिसर सुन्दर देखिने, बालबालिकाले अनुशासन सिक्ने, बालबालिकाले मौसमी फलफुल खान पाउने भएपछि अभिभावक खुशी छन् ।

फलफुलका बिरुवा लगाउने अवधारणासम्बन्धी विद्यालयको प्रयोगले बालबालिका घरमा समेत अनुशासित र जिम्मेवार भूमिकामा रहने गरेकोमा प्रअ आचार्यले खुशी व्यक्त गर्नुभयो । ‘हामीले विद्यार्थीलाई सहभागी गराएर शिक्षण सिकाइ अगाडि बढाएका हौं’, उहाँले भन्नुभयो । पहिले विद्यालयमा केटाकेटी पठाउन नचाहने अभिभावक हाल उनीहरुलाई विद्यालयमा भर्ना गर्न रुचाउने वातावरण बनाइएको उहाँले दाबी गर्नुभयो ।

विद्यालय परिसरमा लगाइएको फलफुलका बिरुवा विद्यालयको प्रमुख आकर्षण बनेको छ । ‘विद्यार्थीले हामीले भन्दा बढी स्याहार बिरुवा गरेर हुर्काए । अहिले फल फल्न थालेको छ,’ मेहनतको प्रतिफल पाइएकोमा खुशी भएका शिक्षक भन्छन् ।

वडा अध्यक्षसमेत रहनुभएका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी नेतृत्व लिनसक्ने सबै १० शिक्षक र करिब १ सय ४० विद्यार्थीको मेहनत देखेर दंग हुनुहुन्छ ।