तुरतुरेको पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प

0
Shares

अनिल खत्री, गुल्मी ।
गुल्मी सिमाना र बाग्लुङ जिल्लाको तुरतुरेमा पहिरोले खोला थुनिएर बनेको कृतिम ताल फुटेर पानी ५० प्रतिशत पानी बगेको छ । पानीको चाप बढेपछि सोमबार राति २ बजेपछि तालको पानी फुटेर बग्न थालेको हो । करिव ७ घण्टा थुनिएर बनेको ताल एकैपटक नफुट्दा बडिगाड खोलाको तटिय क्षेत्रमा अरु क्षति भएको छैन ।

ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठेअन्र्तगत मध्यपहाडी लोकमार्ग सडकको २ सय मिटर पक्की मोटरबाटो समेत बगाएको छ । बाटो बगाउँदा गुल्मी हुँदै बाग्लुङ बुर्तिबाङ सडक अबरुद्ध बनेको छ ।

बाटो बगाउँदा त्यस स्थानका स्थानीयलाई पैदन यात्रा गर्न पनि बन्द भएको छ । वैकल्पिक सडक समेत नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि त्यहाँका स्थानीयलाई सास्ती भएको छ । गत वर्षको भदौमा पहिरोले बनेको ताल एक वर्षपछि फुटेको हो ।

बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका वडा नम्बर ७ र डोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । गत वर्ष पनि पहिरोले तालसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध बनाउँदा झन्डै २ महिनापछि सडक सुचारु ग्रिएको थियो ।

ताल फुटेपछि रातीदेखि नै सञ्चारमाध्यमहरु र प्रहरी टोलीले तटीय बस्तीमा सावधानी अपनाउनका लागि अनुरोध गरेका थिए । तालको पानी फुटेर बग्न थालेपछि त्यस स्थानमा डुवानमा परेका घरहरु र खेतहरु पनि देखिएका छन् ।
तालको पानी बिस्तारै फुटदै बग्ने गर्नाले मानवीय क्षति भएको छैन । ताल फुटेपछि नदी किनारमा रहेका बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका मानिसहरु उच्च जोखिममा परेका छन् ।

नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।
वर्षात पनि भइरहेकाले तटीय क्षेत्रमा सर्तकता अपनाउनु पर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ । गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।