हिमानीद्वारा पशुपतिनाको दर्शन

0
Shares

काठमाडौं, (नेस) ।
पूर्वयुवराज्ञी हिमानी शाह जेठी छोरी पुर्णिका र छोरा हृदयन्द्रका साथ हिजो सोमबार बिहान पशुपति दर्जन गर्न पुग्नुभएको छ । साउने सोमबारको दिन बिहान पौने १० बजे पशुपति मन्दिर पुग्नुभएको थियो ।

विश्वहिन्दु युवा महासंघका अध्यक्ष राजन महर्जनले भ्रमणको चाँजोपाजो मिलाउनुभएको थियो । उहाहरु करिब आधा घण्टासम्म पशुपति दर्शन गरेपछि गुह्ेश्वरी पुग्नुभएको थियो ।

छोराछोरीसंगै बिदा मनाउन नेपाल आउनुभएकी छोरोछोरीलाई साथमा लिएर विभिन्न समाजिक कार्यक्रममा सहभागी हुनुभएको थियो । हिमानी परिवार भोलि २२ गते थाइल्यान्ड जाने कार्यक्रम रहेको छ । छोरोछोरीको पढाइ स्याहारसुसार गर्न थाइल्यान्ड बस्दै आउनुभएकी हिमानीको तीनै जना परिवार थाइल्यान्डमै अध्ययन गरिरहेका छन् ।