यमनमा सैनिक परेडमा क्षेप्यास्त्र र ड्रोन हमला कम्तीमा ३२ मारिए

0
Shares

साना, (एजेन्सी) ।
यमनको हौथी मुभमेन्टका लडाकु समुहले विहिवार त्यहाँको एक सैनिक परेडमा गरेको भिषण आक्रमणमा कमितमा बत्तिसजना मानिसको ज्यान गएको स्थानिय संचार माध्यमले जनाएको छ । हौथीद्वारा संचालित टेलिभिजनले दक्षिणी वन्दरगाह शहर एडेनमा लक्षित क्षेप्यास्त्रहरु र एउटा शसस्त्र ड्रोनबाट हमला गरिएको जनाएको छ ।

एडेनमा अन्तर्राष्ट्रिय जगतबाट मान्यता प्राप्त यमनी सरकार रहेको छ । लडाकुहरुले एडेनदेखि उत्तरमा परेको हौथीको नियन्त्रणमा रहेको क्षेत्रमा सरकारी फौजले गरेको आक्रमणको तयारीको क्रममा सो सैनिक परेड आयोजना भएके केहिले बताएका छन्।

तर सरकारले भने हालै भर्ति गरिएका सेनाको दिक्षन्त समारोहमा आक्रमण भएके जनाएको छ । एकजना प्रत्यक्षदर्शीले आक्रमण पछि जताततै शव छरिएको पाइएको तथा सेनाहरु रोइरहेको देखिएको अन्तर्राष्ट्रिय संचार निकाय रोयटर्सलाई बताएका छन् ।

यस घटनामा एकजना वरिष्ठ सैनिक अधिकारीको पनि ज्यान गएको विश्वास गरिएको छ । कार्यक्रम स्थलको पछाडि पटि आत्रमण भएके बताइएको छ । अन्तर्राष्ट्रि स्वस्थ सेवा उद्धारकर्मिहरको टोलिले दर्जनौं व्यक्ति घाइत ेभएको जनाएको छ ।

आक्रमणमा परेको सैनिक शिविर ‘ सेकयुरिटी वेल्ट ’ नामक सरकार समर्थित फौजको भएको बताइएको छ । त्यसैगरी विहिवार बिहान सवेरै एडेनकै एउटा प्रहरी चौकीमा भएक आत्मघाती बम आक्रमणमा कमितमा तीनजना अधिकारीको ज्यान गएको थियो ।