अहिले सम्मकै छोटो अवधी ५० मिनेटको जेल सँजाय

0
Shares

लन्डन (एजेन्सी) ।
बेलायतको एक अदादतले एक ब्यक्तीलाई मात्र ५० मिनेटको जेल सजायँ सुनाएको छ । यो सम्भवत मानव इतिहासकै सबैभन्दा कम अवधीको जेल सजायँ भएको अनुमान गरिएको छ । उक्त सजायँ सोमरसेटका वासिन्दा २३ बर्षका सेन जेनकिन्सलाई दिइएको हो । जनकिन्स जति समय जेलमा बसे, त्यति समय उनले माफीनामा लेखेर विताए । यो सजायँकै हिस्सा थियो ।

जेनकिन्सले यसैबर्ष मे ३० मा आफनी पुर्व पार्टनरसँगको वहसमा कुचोले उनको झ्यालको शिशा फुटालेका थिए । सुचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको र उनलाई हिरासतमा लिएको थियो । तर उनी दुई प्रहरीलाई घाइते बनाई त्यहाँबाट फरार भएका थिए । उनलाई उक्त सजायँ सोही अपराधका लागि सुनाइएको हो । जेनकिन्सले अदालतमा आफनो अपराध स्विकारेको र त्यतिबेला आफुले धेरैनै मदिरा सेवन गरेको बताएका थिए । त्यो बाहेक उनले लागु पदार्थ पनि लिएका थिए ।

मुद्दाको सम्पुर्ण पक्षको सुनवाई पछि न्यायधिष ल्याम्बर्टले जेनकिन्सलाई ५० मिनेट जेल सजाय दिएको हो । यस क्रममा उनलाई एक कलम र खाली कागज पनि दिइएको थियो ताकी आफनी पुर्व प्रमिका र दुबै प्रहरीसँग लिखित माफीको विवरण लेख्न सकुन् । जेनकिन्सलाई उक्त माफीपत्र अदालतमा पढ्न पनि लगाइएको थियो ।

५० मिनेटको जेल सजाय पुरा भएपछि उनले अदालतमा माफी पत्र पढे । त्यसपछि भने अदालतले उनलाई अर्को एक आरोपमा ४ महिनको जेल सजायँ पनि सुनायो तर उक्त सजायँलाई २ बर्षका लागि निलम्बित पनि गरियो । यो बाहेक उनलाई ८० घन्टा सम्म बिना तलव काम गर्न पनि भनिएको छ ।