अमेरिकाद्वारा इरान नीतिमा भारत र चीनको सहयोगप्रति खुसी व्यक्त

0
Shares

वासिङटन (एजेन्सी) ।
अमेरिकाको ट्रम्प प्रशासनले इरानको मामिलामा भारत र चीनको सहयोग प्रति खुशी ब्यक्त गरेको छ । ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्तीमा चीनले पनि इरानलाई नच्यापी अमेरिकालाई आफनो ब्यापारिक सहयोगीका रुपमा चयन गरेकोमा सन्तुष्ट भएको उल्लेख गरेको छ ।

यसबीच अमेरिको वित्त मन्त्रालयले इरानका विदेशमन्त्री जावेद जरिफमाथि प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्री स्टिव न्युकिनले जरिफ इरानको सर्वोच्च नेताको एजेन्डालाई लागु गर्नमा लागेको आरोप लगाएका छन् । उनी इरानी सत्ताका मुख्य प्रवक्ता हुन् । इरानी शासनको ब्यवहार पुर्ण रुपमा अस्विकार्य भएको अमेरिका प्रष्ट पार्न चाहन्छ ।

अमेरिकाले गतबर्ष नोभेम्बरमा इरानमाथि परमाणु कार्यक्रमको जानकारी लुकाएको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो । त्यसपछि करिब सबै देशले इरानसँगको ब्यापार बन्द गरेको थियो । भारत सहित केही देशलाई ब्यापार अन्त्य गर्नका लागि ६ महिनाको छुट दिएको थियो । यस अवधिमा सबै प्रकारका लेनदेनसँग सम्बन्धित सम्झौता अन्त्य गर्न भनिएको थियो ।

इरानले जुलाई महिनामा १ लाख ब्यारेल प्रतिदिन तेल निर्यात गरिरहेको नाम उल्लेख नगर्ने सर्तमा ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिए । केही महिना अगाडीसमम इरान प्रत्यक दिन ७ दशमलव ८१ ब्यारेल तेल निर्यात गर्दथ्यो ।

भारत र इरानबीच रुपैयामा भुक्तानी गर्ने सहमति भएको विषयमा सोधिएको एक प्रश्नको जवाफमा ती अधिकारीले भने– अमेरिका लगातार भारतको सहयोगको प्रशंसक रहेकोछ । हामीलाई उसको उर्जा आवश्यकताको जानकारी छ । त्यसैले आफै एक उर्जा निर्यातकका रुपमा हामी भारतको उर्जा आवश्यकता पुरा गर्नमा तत्पर छौं ।

ट्रम्प प्रशासनका एक अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नितिको प्रशंसा गर्दै इरानसँग अब अन्य देशसँग ब्यापार साझेदारी सुरु गर्ने अत्यन्त कम अवसर बचेको बताए । विश्वभर रहेका अमेरिकी अधिकारी सबै देशका कम्पनीहरु प्रतिबन्ध उलंघन नगरोस भन्ने सुनिश्चित गर्ने प्रयासमा रहेको ती अधिकारीले बताए ।

रुहानी–म्याक्रों वार्ता
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले आफना इरानी समकक्ष हसन रुहानीसँग वार्ता गरेको बताइएको छ । उनले इरान र अमेरिकाबीचको तनाव कम गर्न पुन अपिल गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति भवन एलिसीले सबै पक्ष वार्ताका लागि सहमत गर्न हरसम्भव प्रयास गर्नु फ्रान्सको जिम्मेवारी भएको जनाएको छ ।

अमेरिकी राष्टपति ट्रम्पले सन् २०१५ मा परमाणु कार्यक्रम स्थगित गर्ने मुद्दामा इरानसँग भएको सहमतिबाट अमेरकालाई बाहिर निकालेका थिए । यस कदमबाट उसका युरोपेली सहयोगी अत्यन्त निरास भएका छन् । त्यसपछि अमेरिका र इरान बीचको सम्बन्ध अत्यन्त तनावपुर्ण बन्दै गएको हो ।