पत्रकार गजुरेललाई किन कारबाही ?

0
Shares

काठमाडौं । स्पेन रहेर नेपाल समाचारपत्रका लागि समग्र युरोपको रिपोर्टिङ गर्दै आएका दीपेन्द्र गजुरेललाई एनआरएन स्पेनले कार्वाही गरेको छ । स्पेनको सडक दूर्घनामा भएको पुजन कोइरालाको मृत्यूको यथार्थ परक समाचार तस्बिर सहित नेपल समाचारपत्रमा प्रकाशित गरेको विषयलाई लिएर उनलाई कार्वाही गरिएको बताइएको छ । गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षतामा बसेको बैठकले गरेको ६ बुंदे निर्णयमा बुंदा नम्बर ६ मा उनलाई कारबाही गर्ने भनिएको छ । समाचारपत्रमा प्रकाशित समाचारले एनआरएनए स्पेनको छविमाआँच आउने कार्य गरेको, लासमाथिको राजनीति गरेको, दुर्घटनमा परि दुःख परेको समयमा अतिरञ्जितट गर्दै स्पेनवासी नेपालीको भावनामा खेलको आरोप लगाइएको छ ।

एनआरएन स्पेनको यो निर्णयले कुनै पनि दुर्घटनका समाचार प्रकाशित गर्नबाट संचार माध्यमलाई निरुत्साहित गराएको छ । उक्त निर्णयमा नेपाली दूतावासलाई बदनाम गर्नका लागि विभिन्न व्यक्तिको चरित्र हत्या देखि समाज भाड्ने कार्य गरेको आरोप लगाउदै खेद प्रकट गरिएको छ । उक्त निर्णयमा गजुरेल बिरुद्ध छानविन गरी कारबाहीका लागि अनुशासन समितीलाई सिफारि गर्ने निर्णय पनि गरिएको छ ।

घटना घटेको एक दिन पछि स्पेनिश समाचारपत्रहरूमा नेपाली युवाको मृत्यु परिचय नखुलेको भनेर आएपछि प्रवासमा रहेका नेपालीहरूको आफ्न्त चिन्तित भएका थिए । नेपाली दुतावासका काबा राजदुत हरिहर कान्त पौडेलले सुचना सम्प्रेषण गर्नुपर्छ हामी वा पाठकहरूले सुचना संञ्चार गृहबाट थाहा पाउने बताएका छन । काबा राजदुत पौडेलले भने
उनले सत्य घटनाहरू बाहिर नआए अतिरञ्जित हुने र कस्को मृत्यु भयो केहि पत्तो लाग्दै त्यसैले सहि समाचार सहि समयमा आउँदा सम्बन्धित निकायलाई आआफ्नो काम कर्तव्य र दायित्व गर्न सजिलो हुने समेत बताए । समाचार लेखेकै भरमा पत्रकार माथि यस्तो गतिविधि गर्नु राम्रो नभएको समेत उनले बताएका छन ।