अल कायदा संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन को मृत्यु

0
Shares

एजेन्सि । अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले बताएका छन् ।
अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ।फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो।साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो।

झन्डै ३० वर्ष उमेर भएको ठानिएका हम्जा अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए।उनको मृत्युको खबर सबैभन्दा पहिले एनबीसी र न्यूयोर्क टाइम्सले सार्वजनिक गरेका हुन्।

संवाददाताहरूले त्यसबारे बुधवार प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि त्यसै गरेका थिए।
हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए।

ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए।
उनलाई अल(कायदाभित्र आफ्ना पिताको उत्तराधिकारीको रूपमा उदाइरहेको कतिपयले ठान्ने गर्थे।उनी इरानमा घरभित्रै नजरबन्दमा राखिएको ठानिएको थियो। तर अन्य समाचारहरूमा उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा पनि बसेको हुन सक्ने बताएको थियो ।

अमेरिकी फौजहरूले अल कायदाका अर्का वरिष्ठ नेताकी छोरीसँग उनको विवाह भएको भिडिओ फेला पारेको बताएको थियो।विवाह इरानका भएको र उनका ससुरा अबु मुहम्मद अल(मस्री भनेर पनि चिनिने अब्दुल्लाह अहमद अब्दुल्लाहले सन् २०१८ मा तान्जानिया र केन्यास्थित अमेरिकी दूतावासमा भएका बम आक्रमणहरूमा उनको संलग्नता रहेको सङ्केत गरेका थिए।

अल कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेदार समूह हो।तर पछिल्लो दशकमा इस्लामिक स्टेटको बढ्दो प्रभावसँगै अल(कायदाको उपस्थिति कमजोर बनेको आकलन गर्ने गरिन्छ।