इन्डियन चेन क्याफे कफी डेका मालिक बेपत्ता

0
Shares

नयाँदिल्ली, (एजेन्सी) ।
भारतको दक्षिणी शहर मैंग्लोरबाट वेपत्ता भएका एकदमै लोकप्रिय इन्डियन चेन क्याफे कफी डेका संस्थापक तथा मालिकको व्यापक खोजि काई भइरहको प्रहरीले जनाएको छ ।

भि जि सिद्धार्थले मैंग्लोरको पुछारमा पुगेपछि कारमा रहेका आफ्ना ड्राइभरलाई नेत्रावती नदी नजिक कार रोकाउन लगाएको बताइएको छ । एकजना वरिष्ठ प्रहरी अधिकारीले विविसि हिन्दीलाई बताएका छन् , ‘ उनले नदी छेउ कार रोक्न लगाएर ड्राइभरलाई आफु हिंडेर आउने बताएका थिए । सिद्धार्थ तफर्केपछि ड्राइभरले हर्न बजाएका थिए ।’

प्रहरीले ड्राइभरले फोन गर्दा उनको मोवाइल पनि स्विच अफ रहेको बताएको जानकारी दिएका छन् । मैंग्लोर प्रहरी प्रमुख आयुक्त सन्दीप पाटिलले नदीमा उनको खोजिका लागि दुईवटा टोलि खटाइएको बताएक छन् ।

सिद्धार्थको क्याफे कफी डे फ्रान्चिज भारतकै सबैभन्दा ठूलो कफी चेन हशो । भारतमा यसका करिव १ हजार ७ सय ५० वटा क्याफे छन् । यसका आउटलेटहरु नेपाल , मलेसिया र इजिप्ट लगायतका अनय केहि देशमा पनि रहेका छन् । तर स्थानिय संचार माध्यमले भने दुई वर्ष यता कडा प्रतिस्पर्धाको कारण यस चेनको विस्तारमा मन्दि देखिएको जनाएको छ ।

यस कम्पनी थुप्रै साना आउटलेटहरु बन्द पनि गरिसकेका छन् । गत महिनामात्र भारतिय संचार माध्यमले सिदाद्र्धले आफ्नो कम्पनीको केहि सेयर कोकाकोला कम्पनीलाई बिक्रि गर्न वार्ता गरिरहेको खवर बाहिर ल्याएको थियो । तर सो कुरालाई दुव्रै कम्पनीले पुष्टि गरेको थिएनन् ।