ट्रम्पद्वारा जातीय टिप्पणी नगरेको दाबी


वासिंगटन,(एजेन्सी) ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शशहर बाल्टिमोरका एजना काला जातिका डेमोक्रेटिक विधायककाबारे जातिय टिप्पणी नगरेको स्पष्ट पारेका छन् ।

ट्रम्पले रेप इलिजाह कमिंग्सलाई इँगित गर्दै घिनलाग्दो छुचुन्द«ो ग्रस्त तथा काला जातिको बाहुल्य बाल्टिमोर निवासी भएको भनी सम्बोधन गरेका थिए ।
अमेरिकी सभामुख नान्सी पेलोसी लगायत थुप्रै प्रभावशाली डेमोक्रेटहरुले राष्ट्रपतिको उक्त भाषाको भत्सर्ना गरेका थिए । बरु ट्रम्प आफैले कमिंग्सलाई जातिवादी भएके आरोप लगाएका छन् ।

आइतवार ट्रम्पले टिवटरमा लेखेका थिए, ‘ आफ्नो जिल्लामा एलिजाह कमिंग्सल ेजनताका लागि राम्रो काम गर्न नसकेको सबैलाई थाहा छ भने सिधै केहि कुरा भन्दा जातिवादी भएको मानिनु पर्दैन । आफुहरुले कुनै सत्य जित्न नसकेकोबेला डेमोक्रेटहरुले संधै यसरी कानुनी बहस गर्ने गरेका छन् ।’

हाउस अफ ओभर साइट कमिटीको अध्यक्षको हैसियतले कमिंग्सले हिरासत शिविरहरुमा आप्रवासीहरुलाई गरिने व्यवहार लगायत ट्रम्प सरकारका थुप्रै कमि कमजोरीहरुमाथि अनुसन्धान शुरु गराएका थिए ।