बच्चा जन्माएको आधा घन्टामै परीक्षा दिइन् किशोरीले


मामोउ,(एजेन्सी) ।
परिक्षा दिने क्रममा अस्ताल दौडाइएकी गिनीका एक अठार वर्षिया महिलाले बच्चा जन्माएको आधा घन्टापछि नै आफु परिक्ष दिन फर्केको विविसिलाई बताएकी छिन् । फातोउमाता कोउरोउमा भनिछन् , ‘ मैले जसरी भएपनि मेरो स्नातकको परिक्ष सकाउने निर्णय गरेकी थिएँ । मंगलवार विहान गिनियाको शहर मामोउ स्थित परिक्षहलमा पुगेकी उनलाई त्यहाँका कर्मचारीहरुलाई अस्पताल पठाएका थिए ।

उनले भनिन् , ‘ सोमवार राति नै मेरो पेट दुख्न शुरु भएको थियो । तर मेरो बच्चा जन्माउनेबेला भइसकेको मलाई थाहा भएन । तर मेरो पति र बिद्यालयलाई पेट दुखेको कुरा नभनीकनै मैले परिक्ष दिन जाने निर्णय गरेको थिए । मलाई घरमै बस्न वा डाक्टरकहाँ जाने सल्लाह दिइएला भन्ने चिन्ता लागेको थियो । ’

बल्ल अस्पतालमा पुगेपछि उनलाई आफु त बच्चा जन्माउने स्थितीमा पुगिसकेको महशुस गरेकी थिइन् । तत्काल जन्मेको छोरो आफ्ना मातापिताको जिम्मामा छाडेर उनी भौतिक शास्त्र र फ्रेन्च विषयको परिक्षा दिन पुगेकी थिइन् । अहिले आमा र छोरा दुवैको स्वास्थ अवस्था राम्रो रहेको बताइएको छ । प्रहरी सेवामा रहेका उनका पति पत्नीको यस साहसिक कार्य देखेर निकै खुशी रभएके बुझिएको छ ।

संयुक्त राष्ट्र संघको बालबालिकाको मामिला हेर्ने निकाय युनिसेफका अनुसार गिनीमा अठार वर्ष उमेरका तीनजना मध्ये एक महिला आम बनिसक्ने गरेकीछिन् । हालै संयुक्त राष्ट्र संघकै मानव अधिकार निगरानी निकायले गर्भवती बालिका वा किशोरीलाई विद्यालयमा राख्ने विषयमा अझै सम्म कुनै कानुन नरहेका अठार वटा अफ्रिकी देश मध्ये गिनी पनि रहेको जनाएको छ ।

तान्जानिया र सियरा लियोन जस्ता मुलुकमा त गर्भवती भएक ैकारण बाृलकाहरुलाई सरकारी नीतिको नाममा विद्यालयबाट निष्कासन गर्ने गरिएको छ । तर नाइजेरिया , बेनिन र प्रजातान्त्रिक गणतन्त्र कँगो जस्ता मुलुकमा भने त्यस्ता बालिकालाई बिद्यालयमा रहिरहन ेतथा शिक्षा निरन्तर गर्ने अधिकार रहेको छ ।