उत्तर कोरियाद्वारा नयाँ डिजाइनको क्षेप्यास्त्र प्रहार


सोल,(एजेन्सी) ।
दक्षिण कोरियाको संयुक्त सेना ( जेसिएस) प्रमुखले विहिवार उत्तर कोरियाले समुद«मा दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । ति क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी समुद«ी तट वोनसानबाट प्रहार गरिएको बताइएको छ ।

जेसिएसले दुई मध्ये एउटा क्षेप्यास्त्रले झण्डै करिव ६ सय ९० किमि दूरी तय गरेको र त्यसको डिजाइन पनि नयाँ देखिएको जनाएको छ । गत महिनाको उत्तरार्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई किम जोंग उनले भेटे यता उत्तर कोरियाले पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो ।

वर्षेनी गरिँद ैआएको अमेरिका र दक्षिण कोरिया बिचको संयुक्त सैनिक अभ्यासलाई लिएर रोष प्रकट गरे लगत्तै उत्तर कोरियाले या ेकदम चालेको हो । उत्तरले सो संयुक्त सैनिक अभ्यासको कारण निशस्त्रीकरण वार्ताको पुन थालनी प्रभावित हुन सक्ने चेतावनी दिएको थियो ।

उत्तरको प्रारमिभिक प्रतिवेदनमा जापानको सागर इस्ट सिमा खस्नु अघि दुवै क्षेप्यास्त्रले ५० किमि अक्षाँसमा पुगेर करिव ४ सय ३० किमि दूरी तय गरेको जनाइएको छ ।

अमेरिका तथा दक्षिण कोरियाको गूतचर अधिकारीहरुको गम्भीर विष्लेषणपछि दक्षिणको सैनिक सुत्रले कम्तिमा एउटा क्षेप्यास्त्रको डिजाइन् नयाा रहेको दावी गरेको थियो । तर जापान रक्षा मन्त्रालयले भने ति क्षेप्यास्त्र जापानको जलिय क्षेत्र समम आइनपुगेको तथा यसले तत्काल ैआफ्नो राष्ट्रिय सुरक्षामा आाच नपु¥याएको जनाएको छ ।

यस क्षेप्यास्त्र प्रक्षेपण हेर्न नेता किमको उपस्थिती रहेकोबारे पुष्टि हुन सकेको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले प्योंगयांगलाई यस्तो कार्य रोकन र अनावशयक तनाव सिर्जन नगर्न आव्हान गरेको छ । गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर मार्फत आमन्त्रणपछि दुईकोरिबिचको सिमा क्षेत्राम ट्रम्प र किमबिच अप्रत्यासित र ऐतिहासिक भेटवार्ता भएके थियो ।
तिनीहरुबिच त्यहाँ पुन निशस्त्रीकरण वार्ता थाल्ने विषयमा सहमति भएके थियो । सन् २०१८ को १२ जुनमा सिंगापुरमा भएके ट्रम्प र किमबिचको पहिलो शिखर वार्ताको दौरान कोरियाली प्रायद्विपलाई परमाणविक हातहतियार मुक्त बत्रबनाउने सहमति भएके थियो ।

त्यसको लगत्तै उत्तर कोरियाले आफ्नो परमाणविक भटी समेत नष्ट गरेर देखाएको थियो । तर त्यसवार्ताको सहमति बमोजिम खासै ठोस उपलब्धि नदेखिएपछि भियतनामको राजधानी हनोईमा ति दुई नेताबिच दोश्रो चरणको वार्ता भएके थियो ।

केहि हद सम्म उत्तर कोरिया माथि लगाइँदै आएके नाकावन्दि खुकुलो पार्न किमले राखेको प्रस्ताव ट्रम्पले अस्विकार गरेपछि सो वार्ता असफल हुन पुगेको थियो । त्यसपछि अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले जुलाईमा कार्यस्तरको वार्ता हुने बताएका थिए ।

तर अहिले सम्म अमेरिका तथा उत्तर कोरियाका अधिकारीहरुबिच कुनै औपचारिक वार्ता भएके छैन । सन् १९५० देखि १८५३ सम्म चलेको कोरियाली युद्ध कुन ैऔपचारिक शान्ति समझौतामा नभई युद्ध विराममा मात्र टुँगिएकाले उत्तर र दषिण कोरिया प्राविधिक रुपमा अझै युद्धरत रहेको मानिन्छ ।
लामो समय देखि उत्तरकोरियाको परमाणविक कार्यक्रमको कारण अन्तर्राष्ट्रिय क्षेत्र नै सन्त्रसित रहेको छ । सन् २०१८ मा उत्तरले अमेरिकाको कुनै पनि भूभागमा पुग्ने रक्ने दावी गरिएको अन्तरमहादेशिय क्षेप्यास्त्र परिक्षण गरेको थियो ।

संयुक्त राष्ट्रसंघले आफुमाथि लगाइँद ैआएको आर्थिक नाकावन्दिको वेवास्ता गर्दै अन्तर्राष्ट्रिय जगतबाट अलगिएको कम्युनिष्ट मुलु कोरियाले पटक पटक आणविक परिक्षण र क्षेप्यास्त्र प्रक्ष्ेयपण गर्दै आएको छ ।