जनता आवास कार्यक्रमको लापरबाहीले तीन घर विस्थापित


अमृत अर्याल, स्याङ्जा ।
जनता आवास कार्यक्रमको लापरवाहीका कारण भीरकोट नगरपालिका वडा न. १ स्थित अलैचीखोलाका माझी वस्तीका तिन घर परिवारको विचल्ली भएको छ । माझी वस्तीका तिन घर जनता आवासले निर्माण गर्ने गरी २ वटा घरको डिपिसी कसी राखेको र एक घरको जग खनेर मात्र महिनौ सम्म राखेको स्थानीयवासी वताउछन् ।

भीरकोट नगरपालिकाका ४ वटा वडामा जनता आवास घर निर्माण समिति गठन गरी जनता आवास अन्तर्गत ५० घरहरु निर्माण को लागी सम्झौता गरेका मध्ये केही घरहरु निर्माण सम्पन्न भएता पनि एक किस्ता समेत रकम नपाएर विचल्लीमा परेको जनता आवास घर निर्माण परिवारको दुखेसो छ ।

अलैचीखोला टोल विकास समितिका संयोजक राजकुमारका अनुसार डिल वहादुर वोटेको जनता आवास कार्यक्रमले घर वनाउने क्रममा पुरानो घरको नजिकै नयाँ घरको जग खनी छोडी दिएको र वर्खाको कारण राती घर भत्किएर अहीले उनीहरु घरवार विहिन भएको अवस्था छ । सवै लत्ता कपडा र खाद्यान्न पहिरोले पुरी एक महिना देखी राम्रोसँग खान र सुत्न समेत नपाएको नगरपालिकाले थाहा पाउनसाथ नगर प्रमुख सहितको टोली राहत वोकी घट्नास्थल पुगेको थियो ।

जनता आवसले घर निर्माण गरीदिने भएपछी माझी वस्ती हर्षित थिए तर अहिले सम्म घर निर्माण नहुँदा नगरपालिका धाउन परेको पिडित पक्षको गुनासो छ । पीडित घरपरिवारको कुरा सुनी सकेपछी नगर प्रमुख छायाराम खनालले दुखी गरीव जनताको जनता आवासले समयमा नै घर निर्माणमा चासो नदिएकोमा दुख लागेको बताउनुभयो । खनालले जनता आवासले घर निर्माण नगरे जनता आवासले निर्माण गर्ने प्रकारको घर नगरपालिकाले निर्माण गर्ने वताउदा विचल्लीपीडित परिवार खुसी भएका थिए ।

जनता आवासले माझी वस्तीका डिल वहादुर वोटेको घर जरै देखी भत्काएर एक महिना देखी घरवारविहिन गराई विचल्लीमा पारेकाले तत्काल राहतको लागी नगरपालिकाले खाद्यान्नका सामाग्री र आवास निमार्णको लागी जस्तापाता प्रदान गरेको छ । थप अन्य क्षतीमा परेका घरहरुलाई आवश्यकता अनुसारको राहत उपलव्ध गराउने प्रमुख खनालले वताउनुभयो ।