बढाएको शुल्क फिर्ता गर्न नेबिसंघको माग


नेपाल समाचारपत्र, काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क फिर्ता गर्न माग गरेको छ ।

३७ औं विपि स्मृतिको अवसरमा निजि शिक्षण संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि र नेविसंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ शिक्षाविद्हरुले वर्तमान शिक्षा नितिप्रति चर्को आक्रोस व्यक्त गरेका छन् ।
शिक्षा गुणरस्तरिय, व्यवहारिक र सर्वसुलभ नभइकन देशको विकास हुन नसक्ने दावि गरेका छन् । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री एवं नेपाली काग्रेसका नेता डा. रामशरण महतले शिक्षा व्यवसायिक, व्यबहारिक, गुणस्तरिय हुनुपर्ने बताउनुभयो ।

काँग्रेसकै कारण नेपालमा शिक्षालाई जनताको पहुँचसम्म पु¥याएको दाबी गर्नुभयो । नेपालमा एउटा मेडिकल कलेज रहेकोमा हाल चौध वटा मेडिकल कलेज र निजि शिक्षण संस्थाको अवधारणा काँग्रेसकै भए पनि हाल नेकपाले शिक्षण संस्थामा व्रम्हलुट गरेको दाबी गर्नुभयो ।

समाजको तिव्र विकासको लागि प्राविधिक शिक्षाको विकास गर्न जोड दिनुपर्ने उहाको धारणा थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले समय सापेक्ष गुणस्तरिय शिक्षाको लागि सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

शिक्षा व्यबहारिक, गुणस्तरिय र सर्वसुलभ नभएकै कारण देश विकास हुन नसकेको ठोकुवा गर्नुभयो विद्यालय तह देखि विश्वविद्यालयसम्म शैक्षिक अराजकता मौलाएको भन्दै यसलाई खवरदारी गर्न नेविसंघलाई सुझाव दिनुभयो ।

नेविसंघका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका केन्दी्रय सदस्य गुरु घिमिरेले चर्को शुल्क लिने स्कुल कलेज विरुद्ध आन्दोलनमा जान नेविसंघलाई सुझाव दिनुभयो । गलत शिक्षा नितिका कारण देशमा भ्रष्टाचार बढेको वताए । नेता गोविन्द पोख्रेलले शिक्षा गुणस्तरीय र व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले सम्पुर्ण शिक्षाको जिम्मा राज्यले नलिएसम्म शैक्षिक क्षेत्रको वेथिति नरोकिने बताउनुभयो ।

राजनीतिक विश्लेषक डासुरेन्द्र केसीले मुलुक बनाउने शिक्षा पैसामा खरिद विक्रि भएको कारण देश विकास हुन नसेको दाबी गर्नुभयो ।
उहाले शिक्षण संस्थाको वेथितिको विरुद्ध नेविसंघलाई रचनात्मक आन्दोलन गर्न सुझाव दिनुभयो । कार्यक्रममा नेविसंघका नेता मोतिलाल भण्डारीले चर्को शुल्क वृद्धिको विरुद्धमा आन्दोलनमा जाने चेतावनी दिनुभयो ।