बालिका बन्धक बनाई जबरजस्ती गर्ने शिक्षक पक्राउ


पोखरा, (नेस) ।
पोखराको एक होटलमा बालिकालाई बन्धक बनाइ जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन ।

मोरङ बिराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक राकेश कुमार कानोडियालाई कास्की प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो ।

उदयपूर बस्ने १४ बर्षीया नाबालिकालाई लेकसाइडको द कन्ट्री यार्ड होटलको एक कोठामा बन्धक बनाइराखेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । ‘नाबालिकाले प्रयोग गरेको मोबाइल समेत नियन्त्रणमा लिई अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा हामिले पक्राउ गरेका हौं’ –केसीले भन्नुभयो ।

बालिकाको उद्दार गरी अविभावकको जिम्मा लगाएको उहाले बताउनुभयो । बालिकालाई बिगत ८ दिनदेखि होटलको कोठामा राखी जबरजस्ती करणी गर्दै आएका राकेशलाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बढाएको केसीले बताउनुभयो ।