गौ हत्या आरोपमा ३ पक्राउ


धादिङ, (नेस)
राष्ट्रिय जनावर गाई काटेको आरोपमा नीलकण्ठ नगरपालिका–८ ससाहाबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार गाई काटीरहेको भन्ने सूचनाको आधारमा प्रहरीले लेप्ता तामाङ, खपी तामाङ र तार लामा तामाङलाई ८० किलोग्राम गाईको मासुसहित पक्राउ गरिएको हो ।

पक्राउ गरिएका तीन जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका सूचनाअधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।
गाई काटेको ठहर भएमा बढीमा ३ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ ।