सामुहिक बलात्कार गर्ने ३ पक्राउ


काठमाडौ(नेस) । चार दिनदेखि ३ जना मिलेर एक युवतीलाई पटक पटक बलात्कार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

लगनखेल बस्ने १८ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका–३ घर भएका टेकलाल गिरी, सोही ठाउँ बस्ने कुमार खड्गी र काठमाडौं भिमसेनगोला बस्ने बखतबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

ती युवतीलाई बिगत ४ दिनदेखि जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरु ३ जनालाई भिमसेनगोलाबाट पक्राउ गरेको थियो ।