नक्कली भिषा देखाएर ६५ लाख ठगी


काठमाडौ (नेस) । भारतको दिल्ली घर भई काठमाडौ बस्दै आएका राहुल पाण्डेले भीभी इन्टरनेशलन मार्फत नेपालीहरुलाई माल्टा लैजान्छु भन्दै ६५ लाख ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पाण्डेले नक्कली भिषा दिलाई बिभिन्न बहानामा रकम जम्मा गर्न लगाई ठगी गरेको पत्ता लागेपछि भीभी इनटरनेशनका संचालक दावा शेर्पाले प्रहरीमा उजुरी गरेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो ।